प्रदेश १ का मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने
काठमाडाैं | पुस २७, २०७९
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।
आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

